१५ बैशाख २०८१, शनिबार
 |   Sat Apr 27 2024
Logo

कुटपिटबाट सहकारी सङ्घका अध्यक्ष घाइते



जिल्ला सहकारी सङ्घ पाल्पाका अध्यक्ष भूपति पाण्डेमाथि कुटपिट भएको छ । जिल्लाको रामपुरस्थित सूर्योदय बचत तथा ऋण सहकारी र तालपोखरा कृषि सहकारी संस्थाबिच भएको एकीकरण कार्यक्रममा सहभागी पाण्डेमाथि मङ्गलबार कुटपिट भएको हो । 

कुटपिटबाट घाइते हुनुभएका पाण्डेको अहिले तानसेनस्थित मिसन अस्पतालमा उपचार भइरहेको छ । उहाँको करङ् भाँचिएको जिल्ला सहकारी सङ्घका सचिव कृष्ण भुसालले जानकारी दिनुभयो । 

सहकारी एकीकरण तथा समायोजनमा सहजकर्ताको भूमिका निर्वाह गर्नुभएका सहकारी अभियन्ता पाण्डेमाथि स्थानीय रुद्रनारायण श्रेष्ठ र सोमबहादुर सेनको समूहले कुटपिट गरेको सङ्घले जनाएको छ । 

घटनामा संलग्नमाथि तत्काल पक्राउ गरी कारबाही गर्न माग गरिएको छ । जिल्ला बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष जगदीश भट्टराईले सहकारी सङ्घका अध्यक्षमाथि साङ्घातिक हमला हुनु सहकारीमाथिको हमला रहेको बताउनुभयो । उहाँले दोषीमाथि कानुनअनुसार कारबाही हुनुपर्ने बताउनुभयो । 


प्रतिक्रिया दिनुहोस !