१५ बैशाख २०८१, शनिबार
 |   Sat Apr 27 2024
Logo

आजदेखि एसईई परीक्षा, पाँच लाख परीक्षार्थी सहभागी हुने



काठमाडौं । यस वर्षको एसईई परीक्षा आज (बिहीबार) देखि सुरु हुँदैछ। आजदेखि २७ चैतसम्म सञ्चालन हुने परीक्षामा पाँच लाख चार हजार ४१४ परीक्षार्थी सहभागी हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ।

बोर्डका अध्यक्ष प्रा।डा। महाश्रम शर्माले भयरहित ढंगले परीक्षामा सहभागी हुन विद्यार्थीलाई आह्वान गरेका छन्। परीक्षा बिहान ८ बजेदेखि सुरु हुनेछ। आज पहिलो दिन अङ्ग्रेजी विषयको परीक्षा हुनेछ। एसइईलाई व्यवस्थित, मर्यादित, निष्पक्ष, भयरहित र शान्तिपूर्ण वातावरणमा सञ्चालन गर्न परीक्षामा खटिने केन्द्राध्यक्षलगायत जनशक्तिलाई अभिमुखीकरण गरिएको बोर्डले जनाएको छ।

परीक्षामा सामुदायिक तथा संस्थागत गरी १० हजार आठ सय छ विद्यालयका दुई लाख ५० हजार सात सय ७२ छात्रा, दुई लाख ५३ हजार छ सय २७ छात्र र अन्य १५ जना गरी कूल पाँच लाख चार हजार चार सय १४ परीक्षार्थी सहभागी हुनेछन्।

कक्षा १० परीक्षा नियन्त्रण कार्यालयका एसईई परीक्षा नियन्त्रक नन्दलाल पौडेलका अनुसार कूल परीक्षार्थीमध्ये पाँच सय छ विद्यालयका १५ हजार सात सय ४९ जना परीक्षार्थी प्राविधिक धारतर्फका छन्।


प्रतिक्रिया दिनुहोस !