१५ बैशाख २०८१, शनिबार
 |   Sat Apr 27 2024
Logo

सुनको मूल्यले बनायो नयाँ रेकर्ड



काठमाडौं । शुक्रबार सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मूल्य २ हजार १ सय रुपैयाँ बढेर प्रतितोला १ लाख ३० हजार कायम भएको छ । यसअघि बिहीबार तोलाको १ लाख २७ हजार ९०० मा कारोबार भएको थियो ।

महासंघका अनुसार आज तेजाबी सुन प्रतितोला १ लाख २९ हजार ४०० मा कारोबार भइरहेको छ । बिहीबार तोलाको १ लाख २७ हजार ३०० मा कारोबार भएको थियो । बुधबार १ लाख २६ हजार ८ सयमा किनबेच भएको थियो ।

त्यसैगरी तेजाबी सुनमा पनि २ हजार १ सय बढेर तोलामा १ लाख २९ हजार ४ सय पुगेको छ । बिहीबार १ लाख २७ हजार ३ सय रुपैयाँ थियो । बुधबार १ लाख २६ हजार २ सय थियो । त्यस्तै चाँदीको भाउ तोलामा १५ बढेर १ हजार ५ सय २५ पुगेको छ । बुधबार १ हजार ५ सय १० थियो ।


प्रतिक्रिया दिनुहोस !