१५ बैशाख २०८१, शनिबार
 |   Sat Apr 27 2024
Logo

आयरल्यान्ड २१ रनले विजयी



काठमाडौं । आयरल्यान्ड वुल्भ्सविरुद्धको पहिलो ट्वान्टी–२० खेलमा नेपाल ‘ए’ २० रनले पराजित भएको हो । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा वुल्भ्सले दिएको २२३ रनको लक्ष्य पछ्याएको नेपाल १९.३ ओभरमा २०२ रनमा अलआउट भयो । नेपालका लागि लोकेश बमले १०६ रन बनाए । आउट हुनु अघि बमले ५२ बलमा आठ चौका र आठ छक्काको मद्दतमा आक्रमक शतक बनाएका थिए । त्यस्तै आरिफ शेखले ४९ रन बनाए ।

नेपालका अन्य ब्याटर लामो समय क्रिजमा टिक्न सकेनन्। नेपालले १८ औँ ओभरमा लगातार दुई विकेट गुमायो। ओभरको दोस्रो बलमा आरिफलाई गुमाएको नेपालले अन्तिम बलमा किरण किरण ठगुन्नालाई गुमाउन पुग्यो।

आरिफ शेख अर्धशतक बनाउनबाट चुके। २६ बलमा १ चौका र ५ छक्का हानेका आरिफ ४९ रन बनाउँदा क्याच आउट भए। देव खनाल, रासिद खान, कमल ऐरि, हेमन्त धामी शून्यमा पेभेलियन फर्किए। कप्तान विनोद भण्डारी १६ रनमा बोल्ड आउट भए। देव खनाल शून्य र अर्जुन घर्ती ३ रनमा पेभेलियन फर्किए।


प्रतिक्रिया दिनुहोस !