७ जेष्ठ २०८१, सोमबार
 |   Mon May 20 2024
Logo

दार्चुलामा चट्याङ लागेर एक बालिका घाइते



दार्चुलामा चट्याङ लागेर एक बालिका घाइते भएकी छन्। तीन पशु मरेका छन्।

जिल्लाको मालिकार्जुन गाउँपालिका–८ गाङखोलाका धनविरसिँह धामीकी ७ वर्षीया छोरी हिमा धामी चट्याङ लागेर घाइते भएकी हुन्। धामीको गोठमा रहेको एउटा खसि पनि मरेको छ।

यस्तै अछाममा चट्याङ लागेर दुई पशु मरेका छन्। जिल्लाको मेल्लेख गाउँपालिका–४ सेलेगाडका एक जनाको गोठमा चट्याङ परेर एक गोरु र एक भैँसी गरेर दुई पशु मरेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ। घटनाको पूर्णविरण आउँन बाँकि छ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय