२५ बैशाख २०८१, मंगलवार
 |   Tue May 7 2024
Logo

विधान संशोधनबारे अध्यक्ष ओलीले छलफल गर्ने



काठमाडौ । पार्टी एकता प्रक्रिया चलिरहेका बेला नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको विधान संशोधनका नेताहरुसँग आन्तरिक छलफल गर्ने भएका छन् ।आगामी भदौ २७ र २८ गते हुने विधान महाधिवेशनको तयारीस्वरुप अध्यक्ष ओलीले स्थायी कमिटी र केन्द्रीय कमिटीका सिमित नेताहरूसँग छलफल गर्न लागेका हुन् ।

एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले अध्यक्ष ओलीले स्थायी र केन्द्रीय समितिका केही नेताहरुसँग आन्तरिक छलफल गर्न लागेको बताए ।‘पार्टीलाई महाधिवेशनले छोएको छ, त्यसैको तयारी स्वरुप विधानबारे अध्यक्षले नेताहरुसँग छलफल गर्दैहुनुहन्छ’, तामाङले भने, ‘२०७१ सालको नवौं महाधिवेशनबाट पारित विधानमा नयाँ परिवेश अनुसार संशोधनका लागि प्रस्ताव तयार गर्नुपर्ने आवश्यक्ता रहेको छ ।’

नेताहरुका अनुसार पार्टी विधानलाई संघीय ढाँचा अनुसार बनाउने र ७० वर्षे उमेर हदम्याद लगायतका विषयमा छलफल गर्नुपर्ने छ ।


प्रतिक्रिया दिनुहोस !