१६ बैशाख २०८१, आईतवार
 |   Sun Apr 28 2024
Logo

तालिबानले अफगानिस्तान कब्जा गरे नेटोले मान्यता नदिने



एजेन्सी : अफगानिस्तानमा खस्कँदो अवस्था बीच, उत्तर अटलांटिक सन्धि संगठन (नेटो) का महासचिव जेन्स स्टोनबर्गले तालिबानले बल प्रयोग मार्फत् सत्ता कब्जा गर मान्यता नदिने बताएको छ । नेटोले अफगानिस्तानमा एउटा राजनीतिक समाधान चाहेको सटोनबर्गले बताए । सटोनबर्गले अफगानिस्तानको पछिल्लो अवस्थाको बारेमा नजिकबाट नियालि रहेको बताए । अफगान अधिकारीहरुसंग लगातार सम्पर्क र अन्तर्राष्ट्रिय समुदायसँग पनि सम्पर्कमा रहेको सटोनबर्गले बताए । आक्रमण कारण ठूलो मात्रामा भएको हिंसाले नागरिकहरुको हत्या र अन्य गम्भीर मानव अधिकार हननको रिपोर्ट आएको स्टोनबर्गले बताए ।

उनी अगाडी भन्छन्, तालिबानले यो बुझ्न जरुरी छ कि यदि उनीहरुले जबरजस्ती देश कब्जा गरे, उनीहरुलाई अन्तर्राष्ट्रिय समुदायले मान्यता दिँदैन। हामी द्वन्द्वको राजनीतिक समाधानको समर्थन गर्न प्रतिबद्ध छौं। नेटोटो अमेरिका, फ्रान्स, जर्मनी, क्यानडा, टर्की, स्पेन सहित तीस देशहरुको एक समूह हो। सन् २००१ बाट अफगानिस्तानमा सुरु भएको तालिबान बिरुद्धको अभियानमा नेटो देशहरु सामेल थिए।


प्रतिक्रिया दिनुहोस !