२४ बैशाख २०८१, सोमबार
 |   Mon May 6 2024
Logo

टिआर लोनको १८० दिनको सिमा ९० दिनमा झर्यो, आयातकर्ता व्यवसायीले पाएको सुविधा गुम्यो



नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाले दिने टिआर प्रकृतिको कर्जाको सिमा ९० दिनमा झारेको छ । अघिल्लो वर्ष ९० दिनबाट १८० दिन टिआर कर्जाको सिमा बनाएको केन्द्रिय बैंकले यसलाई पुनः ९० दिनमा झारिएको हो ।

नेपाल राष्ट्र बैंकले बिहीबार एकीकृत निर्देशिकामा संसोधन गर्दै टिआर ऋणको सिमालाई ९० दिनमा झारेको हो ।

विदेशबाट सामान आयात गर्नको लागि व्यवसायीहरुले टिआर ऋण लिने गर्छन् । सामान आएको ९० दिनमा भुक्तानी हुने आधारमा यस्तो खालको कर्जाको सिमा ९० दिन राखिएको हुन्छ । अघिल्लो वर्ष यसलाई बढाएर १८० दिन पुर्याएको थियो ।

यस्तै राष्ट्र बैंकले कोरोनाबाट अति प्रभावित भएका व्यवसायीहरु होटल ट्रेकिङ हवाई लगायतलाई २०७९ सालसम्म भुक्तान गर्नुपर्ने कर्जाको दायित्वयलाई छुट्टै हिसाब बनाएर २ वर्षसम्म ४ किस्तामा असुल गर्ने गरेर हिसाब मिलाउन निर्देशन दिएको छ ।


प्रतिक्रिया दिनुहोस !