१६ बैशाख २०८१, आईतवार
 |   Sun Apr 28 2024
Logo

माधव नेपालको पार्टीबारे गोकुल बाँस्कोटाको कटाक्ष – चुनावपछि ‘कोल्याप्स’ हुन्छ



काठमाडौँ । पूर्वमन्त्री गोकुल बाँस्कोटाले माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीलाई कटाक्ष हानेका छन्।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेका नेता बाँस्कोटाले चुनाबमा जनताबाट कोल्याप्स खाएपछि एकिकृत समाजवादी यात्राले सगरमाथा पुगेर समाजवाद कार्यन्वयन भएको घोषणा गर्छ भन्दै कटाक्ष हानेका हुन्।

बिहीबार अपरान्ह सामाजिक सञ्जालमा एक ट्वीट गर्दै नेता बाँस्कोटाले नेपालको पार्टीमा अध्यादेश मार्फत २०% को जाली तमसुक बनाउनेहरु जनप्रतिनिधिमा पुग्दा ९% मा पुगेको बताएका छन्।

ट्वीटरमा उनले लेखेका छन्, ‘अध्यादेश मार्फत २०% को जाली तमसुक बनाउनेहरु जनप्रतिनिधिमा पुग्दा ९% मा पुगेछन । अब कार्यकर्तामा जादा २% उक्लन्छन ।चुनाबमा जनताबाट o.87% कोल्याप्स खाएपछि एकिकृत समाजवादी यात्राले सगरमाथा पुगेर समाजवाद कार्यन्वयन भएको घोषणा गर्छ।’


प्रतिक्रिया दिनुहोस !