२४ बैशाख २०८१, सोमबार
 |   Mon May 6 2024
Logo

चौतर्फी विरोधपछि गण्डकीका मन्त्रीले बा-आमाको नाममा करोडौँ पैसा नलिने, मुख्यमन्त्रीले लिने !



काठमाडौं । आफ्नै बा आमाको नाममा खोलिएको ट्रस्टमा करोडौँ पैसा मन्त्री र पहुँचवाला नेताले बजेटबाट छुट्याएको विषयमा चौतर्फी विरोध भयो। गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल, सामाजिक विकासमन्त्री मेखलाल श्रेष्ठ लगायत विभिन्न पार्टीका नेताहरूले धेरै व्यक्तिका स्मृतिमा ट्रस्ट, प्रतिष्ठानलगायत योजना बनाएर बजेट छुट्याउन लगाएका थिए। धेरै विरोधपछि सामाजिक विकासमन्त्री मेखलाल श्रेष्ठले उक्त बजेट आफूले नलिने घोषणा गरेका छन्। तर मुख्यमन्त्री नेपाली भने चौतर्फी आलोचना हुँदा पनि मौन रहेका छन् ।

उनको बाबु स्व. पुननारायण श्रेष्ठ र आमा स्व.धनकुमारी श्रेष्ठको स्मृतिमा बनेको ट्रस्टका लागि २ शीर्षकबाट १ करोड छुट्याइएको थियो। ५० लाख भवन निर्माण र ५० लाख ट्रस्ट संचालनका लागि विनियोजन भएपछि समाचार आयो। उक्त समाचार पढेर नागरिक समाज र राजनीतिक पार्टीका नेता कार्यकर्ताहरूले विरोध र आलोचना गरे। मन्त्री श्रेष्ठले आइतबार बिहानै फेसबुकमा स्टाटस लेख्दै उक्त बजेट नलिने घोषणा गरेका छन्।

‘मेरो राजनीति सधैँ जनताको सेवाको लागि मेरो कर्म समाज विकासको लागि हो। गल्ती भए माफ गर्नुहोला’, उनले लेखेका छन्, ‘गण्डकी प्रदेश सरकारको बजेटमा समावेश भएका विषयहरू सार्वजानिक भए लगत्तै मेरो बारेमा विभिन्न भ्रम सृजना भएकोले ट्रस्टको बजेटसँग जोडिएर टिप्पणी आएको छ। यसमा मेरो ध्यानाकर्षण भएको छ।’ यसअघि कांग्रेस नेता अर्जुन जोशीले पनि आफ्नो बाबूको नामबाट निर्माण हुन लागेको पार्कमा छुट्याएको २० लाख रुपैयाँ नलिने घोषणा गरेका थिए।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय