१६ बैशाख २०८१, आईतवार
 |   Sun Apr 28 2024
Logo

म्यानपावरमा विभागको छापा, ८७ थान पासपोर्ट जफत



काठमाडौं । वैदेशिक रोजगार विभागले काठमाडौंकाे एक म्यानपावर कम्पनीमा छापा मारी ८७ थान पासपोर्ट जफत गरेको छ। सिनामंगलस्थित ह्वाइट हर्स रिक्रुटमेन्टमा विभागको टोलीले छापा मार्दा अर्कै म्यानपावरका कागजात फेला परेका थिए। श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरको निर्देशनमा विभागका अनुसन्धान अधिकृत हेमराज अर्यालसहितको टोलीले साे म्यानपावरमा छापा मारेको हाे।

छापा मारिएको म्यानपावरमा अर्कै म्यानपावरमार्फत वैदेशिक रोजगारीको प्रकृया अगाडि बढाइएका पासपोर्ट भेटिएपछि ८७ थाप पासपोर्ट जफत गरेको छ। उक्त म्यानपावरमा किङ फिस नामक म्यानपावरमार्फत मलेसिया रोजगारीको प्रकृया अगाडि बढाइएका पासपोर्ट भेटिएको अधिकृत अर्यालले बताए।  

त्यसरी कुनै म्यानपावर कम्पनीले अर्को म्यानपावर कम्पनीका कागजात प्रयोग गरेर वैदेशिक रोजगारीमा पठाउन नमिल्ने प्रावधान रहेको अधिकृत अर्यालले  जानकारी दिए। उनकाअनुसार त्यस्तो कार्य गर्ने म्यानपावर कम्पनीलाई कारबाही हुन्छ। 


प्रतिक्रिया दिनुहोस !