१५ बैशाख २०८१, शनिबार
 |   Sat Apr 27 2024
Logo

प्रचण्डले भत्काएको एमाले मिलाउनै गाह्रो, जेठ २ मा फर्किए ८६ जनाको केन्द्रीय सदस्य खोसिने (नामावली)



काठमाडौं : तत्कालीन सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को विभाजन गर्दै सर्वोच्च अदालतले एमाले र माओवादीलाई ब्युताएपछि नेकपा एमालेको भबिष्य संटकमा परेको छ । माओवादी केन्द्रसँगको एकतापछि देशको सबभन्दा बलियो संगठानिक सेटमा रहेको एमालेको ओरालो यात्र शुरु भयो । नेपालको राजनीतिमा चतुर खेलाडी मानिने प्रचण्डले बलियो र ब्यवस्थित सांगठानिक संरचना रहेको एमालेसँग एकता गर्ने र त्यसपछि पार्टी नै कब्जा गर्ने दीर्घकालीन योजना अन्र्तगत एमालेलाई धुँजा धुँजा बनाएरै छाडे । जब ओली र प्रचण्डको बीचमा पार्टी संगठनमा कसले कब्जा जमाउने भन्ने प्रतिस्पर्धा चल्यो त्यसपछि संसदीय राजनीतिमा धूर्त मानिने ओलीले संसद विघटन मात्र होईन, आफु अध्यक्ष रहेको नेकपा नै विभाजन गराएर र एमाले ब्युताए तर त्यो मसानघाटमा पुगेको एमाले ब्युताउन भने निक्कै सकस पर्यो ।

किनभने ओलीले पार्टी एकताका बेला आफु पक्षीय ४३ जनालाई केन्द्रीय समितिमा ल्याएका थिए जो तत्कालीन एमालेको केन्द्रीय समितिमा थिएनन् । त्यस्तै ओलीले मेचीमहाकाली अभियानका बेला मनलाग्दी ढंगले एमालेको ९ औँ महाधिवेशनमा पराजीत रघुवीर महासेठलगायतका २१ जनालाई केन्द्रीय समितिमा थपेका थिए । ओलीले अध्यक्षको प्राधिकार प्रयोग गरेर गरेको सांगठानिक निर्णय नै अहिलेको एमाले एकताका लागि घाणो बनेको ठानिन्छ । त्यति मात्रै होईन, तत्कालीन सत्तारुढ नेकपाको विभाजनपछि माओवादी केन्द्रबाट एमालेमा लागेका २३ जना केन्द्रीय सदस्यहरुको व्यवस्थापन पनि एमाले एकताको लागि कबाबमा हड्डी बनेको एमाले नेताहरु बताउँछन् । यसरी २०७५ जेठ २ मा फर्कदा ओली समूहका करिब ८५ जनाको केन्द्रीय समिति खारेज हुने छ । जसमा ओलीका अतिविश्वास पत्र सूर्य थापा, रघुवीर महासेठदेखि नारदमनी राना हुँदै माओवादीबाट एमालेमा प्रवेश गरेका २३ नेताहरु हुनेछन् ।

एमालेमा नवौं महाधिवेशनपछि थपिएका केन्द्रीय सदस्यहरुलाई मान्ने कि नमान्ने भन्ने बिषयमा ओली र खनाल नेपाल विभाजित छन् । एक चरणको मनोनयनलाई मान्ने र अर्को चरणलाई नमान्ने हो भने फरक मापदण्डको नजिर बस्न सक्ने ओली पक्षका नेता बताउँछन् । यो अवस्थामा तीनै चरणका मनोनयनलाई अस्वीकार गरेर महाधिवेनकालीन १८१ सदस्यीय संरचनामै फर्कनुपर्ने हुन जान्छ । चुनावको मुखमा ०७३ फागुन २० मा गरिएको २१ जनाको मनोनयनलाई माधव नेपाल समूहले त्यसबेला स्वीकार गरिसकेकै थियो । ०७५ जेठ ३ मा पार्टी एकताको मुखमा गरिएको ४१ जनाको मनोनयन चाहिँ हुलमुलमा गरिएको र ओलीले आफूखुशी नाम थपेर २४१ जना पुर्याएको हुनाले त्यसलाई मान्न नसकिने माधव पक्षका नेताहरुको तर्क छ । त्यस्तै, गत ०७७ फागुन २८ मा आफ्नो गुटको मात्रै बैठक राखेर बादलसहितका २३ जनालाई मनोनयन गरिएको हुनाले पछिल्ला दुईवटा मनोनयनलाई मान्न नसकिने र एमालेको केन्द्रीय कमिटी २०२ सदस्यीय हुनुपर्ने माधव–खनाल समूहका नेताहरु बताउँछन् । केपी ओली समूहका नेताहरु चाहिँ फागुन २८ को बादलको मनोनयन वा ०७५ जेठ २ को मनोनयनलाई नमान्ने हो भने यही नजिरका आधारमा ०७३ फागुन २० को रघुवीर महासेठ लगायतको मनोनयन पनि अस्वीकार्य हुने बताउँछन् ।

जेठ २ मा पर्किए कसको पद खोसिन्छ ?

माओवादीसँग एकताका बेला थपिएका ओली समूहका ४१ जना ।

खगराज अधिकारी, गोकुल बास्कोटा महेश बस्नेत, विष्णु रिजाल, नरुलाल चौधरी, डोरमणि पौडेल, तिलकुमार मेयाङ्बो, राजेन्द्र गौतम, आनन्द पोखरेल, कैलाश ढुंगेल, गुरु बराल, युवराज खतिवडा, बलराम बाँसकोटा, केशवलाल श्रेष्ठ, रामेश्वर फुयाँल, कृष्ण राई, बसन्त मानन्धर, नीरज आचार्य, रविन्द्र अधिकार ९नवलपुर०, विनोद ढकाल, महेश रेग्मी, भानुभक्त जोशी, गौरी ओली, समिम मियाँ अन्सारी, दिलु पन्त, अइन्द्रसुन्दर नेम्वाङ, चन्द्रबहादुर शाही, देवेन्द्र दाहाल, अच्युत मैनाली, देवी ज्ञवाली, रामेश्वर राना, नरेश खरेल, विनोद श्रेष्ठ, श्रीनाथ बराल, गोविन्दविक्रम शाह, सारदा सुवेदी, लक्ष्मण ज्ञवाली, एकबहादुर राना, भीम कार्की, बद्री न्यौपाने, अधिकारी, विमला घिमिरे र प्रमोदनारायण यादव ।

आम चुनावको मुखमा ०७३ फागुन २० गते श्रीमतीसहित केन्द्रीय कमिटीमा मनोनित भएका रघुवीर महासेठसहितको २१ जना ।

रघुवीर महासेठ, धर्मनाथ साह, रामचन्द्र यादव, गंगा यादव, धर्मनाथ साह, रामचन्द्र साह तेली, रामदयाल मण्डल, रत्नेश्वर गोइत, रवीन्द्र बैठा, लालबाबु यादव, यदुवंश झा र हरिनारायण महतो थिए । त्यस्तै, बैकल्पिक केन्द्रीय सदस्यहरूमा नारदमुनि राना, जुली महतो, मञ्जु चौधरी, शान्ता चौधरी, हरि राजवंशी, सुधीर साह, सरोज यादव र महम्मद हारुन ।

फागुन २८ गते ओली पक्षको बैठकबाट एमालेको केन्द्रीय कमिटीमा मनोनयन गरिएका २३ जना ।

रामबहादुर थापा (बादल) टोपबहादुर रायमाझी, लेखराज भट्ट, मणिचन्द्र थापा, प्रभु साह, टंक आङ्बो, पासाङ शेर्पा, ज्वाला साह, टेकबहादुर बलम्पाकी, कमल चौलागाई, मनोजजंग थापा, विषमलाल अधिकारी दनुवार, लिलबहादुर थापा मगर, दधिराम न्यौपाने, गिरिधारीलाल न्यौपाने, दिनेश पन्थी, नवीन रोकामगर, धर्मराज रेग्मी, गौरीशंकर थारु, झपट बोहोरा, दाबा लामा, चन्द्रबहादुर खड्का र रामचन्द्र मण्डल ।

यसरी एमालेको संरचना २०७५ जेठ २ मा पर्किए ओली पक्षका ८५ जना केन्द्रीय सदस्यहरुको पद खोसिने छ । जसको प्रत्यक्ष फाईदा खनाल नेपाल समूहलाई हुनेछ । अति व्यवस्थित संगठानात्मक संरचना रहेको एमाले यति बेला अन्योलतामा रुलमलिएको छ । प्रचण्डले ध्वजा ध्वजा बनाएको एमालेको एकता असंभव जस्तै बनेको छ । नेतृत्वले असाधारण निर्णय लिन नसक्ने हो भने चौथो महाधिवेशन अघिको मनमोहन अधिकारीको माक्र्सवादी र मदन भण्डारी नेतृत्वको मालेको अवस्थामा पुग्ने खतरा देखिएको छ ।


प्रतिक्रिया दिनुहोस !