१५ बैशाख २०८१, शनिबार
 |   Sat Apr 27 2024
Logo

निषेधाज्ञाको धज्जी उडाउँदै पूर्वमन्त्री सहितका एमालेका नेता/कार्यकर्ताले मनाए धान दिवस



भक्तपुर : आज धान रोप्ने महिना असार १५ अर्थात् राष्ट्रिय धान दिवस भन्दै एमालेको नेता कार्यकर्ताहरु भीडभाडका साथ खेतमा उत्रिएका छन् । मंगलबार भक्तपुरमा नेकपा एमालेका प्रवक्ता तथा पूर्वपरराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र युवा नेता महेश बस्नेतसहित एमालेका कार्यकर्ताहरु दुई नेताको साथमा खेतमा धान रोपिरहेका देखिन्थे । मंगलबार एमालेको भातृ संगठन युवा संघ नेपालले निषेधाज्ञाको उल्लंघन गर्दै धान रोपाइँ कार्यक्रम गरेको हो । एमालेको धान रोपाईँ कार्यक्रममा पूर्वमन्त्री ज्ञवाली पनि बडो रमाइलोका साथ धान रोप्न खोजिरहेको देखिन्थ्यो ।

जबकि उनी आफैँ मन्त्री हुँदा सर्वसाधरणलाई कोरोनाबाट बच्न आग्रह गरेका थिए तर, तिनै मान्छे सरकारबाट बाहिरिएपछि नियमविपरीत भीडका साथ कोरोनाकालमा उत्सव मनाउँन उचित होला रु प्रश्न गम्भीर रहेको छ । कोरोनाबाट बच्न भीडभाड नगर्न भनिरहेको अवस्थामा नेताहरुलाई भने कोरोनाको कुनै मतलब छैन । उनीहरु स्वास्थ्य मापदण्डको उल्लंघन गर्दै साथमा कार्यकर्ता लिएर भीडभाडका साथ धान रोपाइँको उत्सव मनाइरहेका छन् ।


प्रतिक्रिया दिनुहोस !