२१ बैशाख २०८१, शुक्रबार
 |   Fri May 3 2024
Logo

केही दिनमा बागमती र प्रदेश १ को सरकार ढल्छ : प्रचण्ड



काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेश १ र बागमती प्रदेशमा गठबन्धनको सरकार बन्ने दाबी गरेका छन् । सोमबार काठमाडौंमा सर्लाही जिल्ला समन्वय समिति र सर्लाही काठमाडौं सम्पर्क मञ्चले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष दाहालले एमालेको सरकार संघमा मात्रै नभएर केही दिनपछि १ नम्बर र बागमती प्रदेशमा पनि ढल्ने दाबी गरेका हुन् ।

त्यस्तै उनले संसदमा केपी शर्मा ओलीलाई आगोसँग खेल्ने प्रयास नगर्न आफूले भनेको पनि स्मरण गरे । अध्यक्ष दाहालले सबैको प्रयासले निरंकुश र प्रतिगामी तत्वहरु पछारिएको तर, उनीहरूले षड्यन्त्रले अझै पनि षडयन्त्रको प्रयास नछाडेको बताए । ओली नेतृत्वको सरकारमा बेला संघीयता लगाएतका उपलब्धिहरु जोखिममा जाने खतरा भएको भन्दै उनले अरु कसैलाई मत दिदा कस्तो परिणाम हुन्छ भन्ने महशुस जनताले गरेको जिकिर गरे ।

प्रचण्डले मंगलबार नै गठबन्धनको बैठक बसेर सरकारलाई पूर्णता दिन मन्त्रीमण्डल बाँडफाडका बिषयमा टुङ्गो लाग्ने बताए । त्यस्तै अध्यक्ष दाहालले मधेशका क्षेत्रमा जनताले भोगेका समस्याहरुलाई समाधान गर्ने प्रतिवद्धता पनि जनाए । कार्यक्रममा सर्लाहीका विभिन्न दलका कार्यकर्ताहरु माओवादी प्रवेश गरेका थिए ।


प्रतिक्रिया दिनुहोस !