१५ बैशाख २०८१, शनिबार
 |   Sat Apr 27 2024
Logo

एमालेलाई अर्को झट्का, प्रदेश २ का १३ सांसद एमाले छाडेर एकीकृत समाजवादीमा जाने



जनकपुर । एमाले छाड्ने क्रमा जारी रहँदा प्रदेश नम्बर २ का १३ जना सांसद्हरूले पनि नेकपा (एकीकृत समाजवादी) रोज्ने भएका छन् । भोलि बैठक बसेर सम्भव भए भोलि नै नत्र पर्सि पार्टी सनाखतका लागि प्रदेशस्थित निर्वाचन आयोग जान लागेको एक सांसदले बताए । उनका अनुसार हाल सांसदहरु काठमाडौंबाट जनकपुर फर्किरहेका छन् । सबै जम्मा नभई निर्वाचन कार्यालय जाने अवस्था नभएको र जम्मा भइसकेपछि जोन उनले बताए।

निर्वाचन आयोगले भदौ २२ गतेसम्म दल रोज्न प्रदेश सभा सदस्य र स्थानीय तहका सदस्यहरुलाई सूचना जारी गरेसँगै दल रोज्ने क्रम जारी रहेको छ। नेकपा एकीकृत समाजवादीले भदौ ९ गते निर्वाचन आयोगबाट मान्यता पाएको थियो । त्यससँगै विभाजित नेकपा एमालेबाट माधवकुमार नेपाल समूहमा आउने सांसद तथा नेताहरुको क्रम जारी रहेको छ ।


प्रतिक्रिया दिनुहोस !