१४ मंसिर २०७८, मंगलवार
 |   Tue Nov 30 2021
Logo

दार्चुलाका एमाले प्रतिनिधि भन्छन्- ओलीकै नेतृत्वमा एमाले अघि बढ्छ



दार्चुला, ९ मंसिर

एमालेको १०औं महाधिवेशनका लागि दार्चुलाबाट प्रतिनिधिसहितको टोली बुधबार चितवनतर्फ गएको छ । १२ जना महाधिवेशन प्रतिनिधिसहित ५० जनाभन्दा बढीको टोली चितवनतर्फ गएको एमाले दार्चुलाका प्रचार प्रसार विभाग प्रमुख खडक बडालले जानकारी दिए ।

महाधिवेशन प्रतिनिधिसमेत रहेका बडालले अध्यक्ष केपी ओलीकै नेतृत्वमा एमाले अघि बढ्ने बताएका छन् । देशभर वडादेखि पालिकासम्मको अधिवेशन अधिकांश सहमतिमा भएको तथा पार्टी एकढिक्का भएर अघि बढिरहेकाले सकेसम्म नेतृत्व सर्वसम्मत चयन हुने आफूहरूको आसा रहेको उनकाे भनाइ छ ।

‘सर्वसम्मत हुन नसकेमा स्वभाविक रूपमा लोकतान्त्रिक पद्धतिअनुरूप निर्वाचन हुनेछ, पार्टीको निर्वाचनमा कसले जित्यो वा हार्‍याेभन्दा पनि सहभागिता ठूलो कुरा हो,’ बडालले भने ।

एमालेको १०औँ महाधिवेशनका लागि दार्चुलाबाट पार्टी अध्यक्ष रामदत्त जोशी, पार्टी सचिव ज्ञानेन्द्र घर्ती, नौगाड गाउँपालिका अध्यक्ष प्रेमसिंह धामी, सुदूरपश्चिम प्रदेश सभा सदस्य गेल्बुसिह बोहरालगायत एमाले नेता देवसिंह महर, हरदेव जोशी, लालबहादुर विक, दानीराम पार्की, उर्मिला बोहरा, मेनुका अवस्थी, गौरी बडाल र दुर्गादेवी धामी गरी १२ जना महाधिवेशन प्रनितिधि छनोट भएका थिए ।


प्रतिक्रिया दिनुहोस !


एमाले अध्यक्षमा ओली भारी मतले विजयी



१४ मंसिर, काठमाडौंः नेकपा एमालेको १० औँ महाधिवेशनबाट अध्यक्षमा केपी शर्मा ओली दोस्रो कार्यकालका लागि निर्वाचित भएका छन्।

निर्वाचनमा खसेको कूल २ हजार ९६ मतमा नवनिर्वाचित अध्यक्ष ओलीले १ हजार ९ सय मत पाएका छन् भने उनका प्रतिद्वन्द्वी रहेका भीम रावलले १ सय ९६ मत प्राप्त गरेका छन्।

यसैबीच, उपाध्यक्ष पदको मत गणना पनि शुरु भएको छ । त्यसपछि सचिव र केन्द्रीय सदस्यको मत गणना हुने एमाले निर्वाचन आयोगले जानकारी दिएको छ । शुरुमा सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयास भएपनि रावलले अस्वीकार गर्दै उम्मेदवारी दिएपछि अध्यक्ष पदका लागि निर्वाचन भएको थियो।

बिहान ४ बजेबाट मतदान शुरु गरी दिउँसो एक बजेबाट मतगणना शुरु गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस !

बालिका मृत्युकाे विषयलाई लिएर स्थानीय र प्रहरीबीच झडप, नाै जना सुरक्षाकर्मी घाइते



कपिलवस्तु, १४ मंसिर

सवारी दुर्घटनामा बालिका मृत्युको विषयलाई लिएर प्रहरी र स्थानीयबीच झडप हुँदा नाै जना सुरक्षाकर्मी घाइते भएका छन् । यशोधरा गाउँपालिका ६ सुठौली कार्यालय नजिकै लु ३ त ७६ नम्बरको ट्याक्टरले ठक्कर दिँदा १२ वर्षीय बालिका सुमन यादवकाे मृत्यु भएकाे थियो ।

मृत्युको विषयलाई लिएर सवारी साधन तोडफोड गर्न खोजेका स्थानीयवासी र प्रहरीबीच झडप भएको हाे ।  स्थितिलाई नियन्त्रणमा ल्याउन प्रहरीले पाँच राउण्ड र सशस्त्र प्रहरीले ६ राउण्ड अश्रु ग्यास फायर गरेका थिए ।  झडपमा परी प्रहरी निरीक्षक विजय सिंह, प्रहरी सहायक निरीक्षक पराग यादव, प्रहरी हवलदार कैलासकोटी चौधरी, प्रहरी जवान भुवन घर्ती, बाल गोविन्द कुर्मी, अनिल थारु, राज कुमार तेली, विवेक खत्री र कमल थापा घाइते भएका छन् ।  

अश्रु ग्यास प्रहारपछि प्रहरीले भिड नियन्त्रणमा लिएको थियो । अहिले अवस्था सामान्य रहेको छ । 

प्रतिक्रिया दिनुहोस !

एमाले महाधिवेशन : मतगणना सुरू, दुई घण्टामा परिणाम आउने



काठमाडौं, १४ मंसिर 

नेकपा एमालेको १०औँ महाधिवेशनमा नेतृत्व चयनका लागि भएको भएको निर्वाचनको मतगणना सुरू भएको छ । केहीबेर अघिबाट भएको मतदानको परिणाम दुई घण्टामा आउने बताइएको छ । 

दुई हजार १५३ जना प्रतिनिधि रहेकामा दुई हजार ९६ मत खसेको छ । विद्युतीय मेसिनबाट मतदान गरिएकाले परिणाम चाँडै आउने भएको छ । 

अध्यक्षमा केपी शर्मा ओली र भीम रावलको प्रतिस्पर्धा छ । 
 

प्रतिक्रिया दिनुहोस !

%d bloggers like this: