१५ बैशाख २०८१, शनिबार
 |   Sat Apr 27 2024
Logo

‘राष्ट्रघाती एमसीसी खारेज गर्नुपर्छ’



काठमाडौँ , १६ पुस

नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का नेताहरूले अमेरिकी मिलेनियम कर्पाेरेशन (एमसीसी) खारेज गर्नुपर्नेमा जोड दिएका छन् ।

संसद भवन घेराउ गर्नेगरी शुक्रबार गरेको प्रदर्शनलाई सम्बोधन गर्दै नेमकिपाका सांसद प्रेम सुवालसहितका नेताले एमसीसी राष्ट्रहितविपरीत रहेकाले पारित गर्न नहुने बताएका हुन् ।

एमसीसी सम्झौताबाट देशलाई उपनिवेश बनाउन खोजिएको भन्दै उनले देशको बिजुली अमेरिकालाई दिने गरी सम्झौता भएको बताए ।

‘हाम्रो देशमा उत्पदित बिजुली नेपालीका लागिविना धुवाँ प्रदुषणको खाना बनाउन उपयोग गर्नुपर्छ । बिजुलीबाट चल्ने सवारीसाधन बनाउन, उद्योगहरु चलाउन, हिमाली पहाडी तराई सबै क्षेत्रका जनातालाई उज्यालो दिन प्रयोग गर्नु पर्छ त्यसैले एमसीसी पास गर्नु हुँदैन’, उनले भने ।


प्रतिक्रिया दिनुहोस !