१५ बैशाख २०८१, शनिबार
 |   Sat Apr 27 2024
Logo

टिचिङ अस्पतालका ६० जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण, अस्पतालको सेवा प्रभावित



काठमाडौं । महाराजगञ्जस्थित टिचिङ अस्पतालका ६० जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ । अस्पतालका निर्देशक डाक्टर दिनेश काफ्लेले चिकित्सक, आवासीय चिकित्सक, नर्स र अन्य कर्मचारी गरेर ६० जना स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएको बताए ।

अहिले पोजेटिभ आएका सबै स्वास्थ्यकर्मी होम आइसोलेसनमा रहेको उनले बताए । ती मध्ये एक जनालाई भने वार्डमा भर्ना गरिएको छ ।

स्वास्थ्यकर्मी धमाधम संक्रमित हुन थालेपछि अस्पतालको सेवा प्रभावित भएको निर्देशक काफ्लेको भनाई छ । धेरै स्वास्थ्यकर्मी संक्रमित हुन थालेपछि अन्य सेवासमेत प्रभावित भएको उनले बताए । आजै पनि खाली भएको ठाउँहरूमा कसरी ड्यूटी मिलाउने भनेर छलफल गरेको उनले बताए ।

अहिले अस्पतालमा संक्रमणको जोखिम बढेसँगै भर्ना हुन आउने विरामीमध्ये शंकास्पदलाई होल्ड गरेर राख्न थालिएको उनको भनाई छ ।

स्वास्थ्यकर्मीहरू उच्च जोखिम रहेको औल्याउँदै सरकारले माघ पहिलो सातादेखि स्वास्थ्यकर्मीलाई बुस्टर डोज दिने तयारी गरिएको छ ।


प्रतिक्रिया दिनुहोस !