१५ बैशाख २०८१, शनिबार
 |   Sat Apr 27 2024
Logo

अभिनेता पलविरुद्ध तनहुँ जिल्ला अदालतमा पनि मुद्दा दर्ता



काठमाडौं । मोडल एवं अभिनेता पूर्णविक्रम शाह उर्फ पल शाहविरुद्ध तनहुँ जिल्ला अदालतमा पनि बलात्कार मुद्दामा अभियोग–पत्र दायर भएको छ । एक किशोरी गायिकाले दिएकी उजुरीका आधारमा अभिनेता पल शाहविरुद्ध सरकारी वकिलको कार्यालयल अभियोग–पत्र दायर भएको हो ।

अभिनेता शाहविरुद्ध मुलुकी अपराध संहिता २०७४ को दफा २१९ को १ र २ अनुसारको कसूर गरेको दाबी गर्दै मुद्दा दायर गरिएको जिल्ला सरकारी वकिल कार्यालय तनहुँले जनाएको छ । सरकारी वकिल कार्यालयका अनुसार अभिनेता शाहविरुद्ध मुलुकी अपराध संहिता २०७४ को दफा २१९ को (३) को (ग) अनुसार सजाय माग गरिएको छ ।

उक्त दफामा १४ देखि १६ वर्षसम्मकी बालिका बलात्कार गरेकामा १२ देखि १४ वर्ष सजाय हुने उल्लेख छ । गत फागुन ११ गते किशोरी गायिकाले आफूमाथि पटक–पटक बलात्कार भएको भन्दै अभिनेता शाहविरुद्ध जिल्ला प्रहरी कार्यालय तनहुँमा उजुरी दिएकी थिइन् ।

त्यसोत, यस अगाडि नै नवलपरासी पूर्वमा पनि अभिनेता शाहविरुद्ध मुद्दा दायर भइसकेको छ ।


प्रतिक्रिया दिनुहोस !