१५ बैशाख २०८१, शनिबार
 |   Sat Apr 27 2024
Logo

नयाँ राष्ट्रपतिका लागि शक्ति राष्ट्रहरु मैदानमै उत्रिए : चित्रबहादुर केसी



sf7df8f}F, @% k’;M k|ltlglw;ef a}7sdf– ;f+;b s];L /fli6«o hgdf]rf{sf g]tf Pj+ k|ltlglw;efsf ;b:o lrqaxfb’/ s];L ;f]daf/ a;]sf] k|ltlglw;efsf] a}7sdf dGtJo JoQm ug{‘x’Fb} . tl:a/ M /Tg >]i7÷/f;;

काठमाडौं । राष्ट्रिय जनमोर्चाका सांसद चित्रबहादुर केसीले शक्ति राष्ट्रहरुले राष्ट्रपतिको चुनावमा अप्रत्यक्षित रुपले भूमिका खेले पनि यसपटक भने प्रत्यक्ष रुपमै मैदानमा उत्रिएको आरोप लगाएका छन्। बुधवार प्रतिनिधि सभाको बैठकमा बौल्दै सांसद केसीले यस्तो आरोप लगाएका हुन्। उनले शक्ति राष्ट्रहरुले यस पटक प्रत्यक्ष रुपमा आफ्नो देशको स्वार्थअनुकुल राष्ट्रतिका लागि भूमिका खेलिरहेको बताए।

उनले यसले नेपालको स्वाभिमान नेपालको राष्ट्रियता र सार्वभौम अखण्डतामाथि दखल भइरहेको बताए।
सांसद केसीले नेपाली सरकार प्रमुखहरु विदेशी शक्ति राष्ट्रका मानिसहरु आउँदा लम्पसार परेर उनीहरुको आशिर्वादबाट आफ्नो दुनो सोझ्याउने काम गरिरहेको दाबी गरे।

उनले भारतको सामान्य कर्मचारी आउँदा पूर्वप्रधानमन्त्रीहरुदेखि मन्त्रीहरु र राष्ट्रप्रमुख नै लम्पसार परेको भन्दै यसले देशको इज्जत र प्रतिष्ठामा आँच आएको बताए। उनले भूगोलले राष्ट्र सानो, ठूलो भए पनि सार्वाभौम सत्ता, भौगोलिक अखण्डतामा सानो, ठूलो नहुने बताए।


प्रतिक्रिया दिनुहोस !