१५ बैशाख २०८१, शनिबार
 |   Sat Apr 27 2024
Logo

शक्तिकेन्द्रको चलखेलमा ‘सहयोग’ नगर्ने देखिएपछि पर्यटन सचिवकै सरुवा



काठमाडौं । जहाज खरिद प्रकरण चलिरहेकै अवस्थामा ‘सुटुक्क’ संकृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय सचिवको सरुवा भएको छ । पर्यटन सचिव भरतमणि सुवेदीलाई सार्वजनिक खरिद तथा अनुगमन कार्यालयतिर हुत्याउँदै त्यो ठाउँमा दीपक काफ्लेलाई तानिएको छ । काफ्ले कोसी प्रदेशका प्रमुख सचिवमा कार्यरत थिए । त्यसरी सरूवा हुनुमा ‘आर्थिक चलखेल’ कै कारक भएको मन्त्रालय उच्च अधिकारीहरु बताउँछन् । ती अधिकारी भन्छन्, ‘‘सचिव सुवेदीले ‘माथि’का दबाब र तनाव झेल्न सक्नुभएन र तिनका आदेश मान्नुभएन । त्यहीकारण सरूवा भएको हो ।’’

यतिखेरै सचिव परिवर्तन हुनुलाई रहस्यमय तरिकाले हेरिएको छ । सचिव सुवेदीले आफूहरुसँग फस्नुभन्दा बच्नु उपयुक्त ठानेको भनाई राखेको मन्त्रालयका एक उच्च अधिकारीले बताए । सुवेदीको भनाइ उद्धृत गर्दै ती अधिकारीले भने, ‘‘मन्त्रीजी पनि धेरै कुरा बुझ्नुहुन्न । शक्तिकेन्द्रबाट अनेक किसिमका दबाब आइरहेको थियो । तिनको इच्छा पूरा गरी आफू फँस्नुभन्दा सरुवा रोजेको हुँ ।’’ यतिखेर पर्यटन मन्त्रालय मातहतको नेपाल वायुसेवा निगमको दुर्गम उडान गर्ने ‘३ जहाज खरिद’ प्रक्रियामा छ । टेण्डर आह्वानपछि तीन कम्पनी जहाज खरिद निम्ति आवेदन भरेका छन् ।


प्रतिक्रिया दिनुहोस !