१५ बैशाख २०८१, शनिबार
 |   Sat Apr 27 2024
Logo

पारिश्रमिक बृद्धिका लागि पत्रकारहरुको प्रदर्शन



काठमाडौं। श्रमजीवी-पत्रकारहरुको पारिश्रमिक बृद्धिका लागि आज सिंहदरबार दक्षिण गेटसँगै हनुमानथानमा पत्रकारहरुले सोमबार प्रदर्शन गरेका छन्। २०७५ सालदेखि पारिश्रमिक बृद्धि नभएकोमा असन्तुष्ट व्यक्त गर्दै आएका दर्जनौं पत्रकारहरुले श्रमजीवी-पत्रकार संघ, नेपालका अध्यक्ष जन्मदेव जैसीको नेतृत्वमा आजै प्लेकार्डसहित प्रदर्शन गरेका हुन् ।

हेलो सरकार ! श्रमजीवी-पत्रकारको पारिश्रमिक बढाई देऊ । भनेर ब्यानरसहित सहभागी पत्रकारहरुले कानुन नमान्ने मिडिया हाउसलाई कारवाही गरिदेऊ ०५१ सालमा बनेको श्रमजीवी सम्बन्धि पत्रकार ऐन परिवर्तित स्थिति अनुरुप आवश्यक संशोधन गरिदेऊ “सञ्चार इजलाश” गठन गरिदेऊ, स्थानीय निकायको विज्ञापन स्थानीय सञ्चारमाध्यामलाई देऊ। भन्दै विरोध जनाए।

त्यस्तै सामाजिक सञ्जाललाई नियन्त्रण हैन नियमन गरिदेऊ। श्रमजीवी-पत्रकार लाई निःशुल्क स्वास्थोपचारको व्यवस्था गरिदेऊ। साना तथा स्वरोजगार मिडियालाई सहुलियत दरमा पाँच करोडसम्म ऋण उपलब्ध गराईदेऊ । ऋण लिएर नतिर्ने ठुला मिडिया हाउसलाई कारवाही गरिदेऊ भनेर प्ले कार्ड पनि प्रदर्शन गरिएको थियो।

प्रदर्शनमा कान्तिपुर आन्दोलन संयोजन समिति, गोरखापत्र प्रतिष्ठानलगायत विभिन्न सञ्चारगृहका पत्रकार तथा श्रमिकहरुले १ घण्टा धर्ना पनि दिएका थिए। गत मंसीर अन्तिमसातादेखि नौ बुँदे माग राखेर श्रमजीवी-पत्रकार संघ, नेपालले चरणवद्ध आन्दोलन गर्दै आएको छ। यसअघि हस्ताक्षर अभियान, सिहंदरबारको आकाशमा कालो ब्यानरसहित बेलुन उढाउनेदेखि ७ वटै प्रदेश मुख्यमन्त्रीमार्फत संघीय सरकारलाई दबाब दिनेलगायतका कार्यक्रम गरिसकेको छ।


प्रतिक्रिया दिनुहोस !