१९ बैशाख २०८१, बुधबार
 |   Wed May 1 2024
Logo

हङकङविरुद्ध खेल्ने नेपाली टोलीको घोषणा, तीन सिनियर खेलाडी टिम बाहिर



काठमाडौं । हङकङमा हुने टी २० सिरिजका लागि नेपाली राष्ट्रिय टिम घोषणा गरिएको छ। हङकङमा नेपालले मार्च १० मा घरेलु टिम हङकङ र मार्च १२ मा पपुवा न्युगिनीसँग खेल्ने छ। त्यसअघि मार्च ९ मा नेपाल र हङकङबीच मैत्रीपूर्ण खेल हुनेछ। सिरिजका लागि रोहित कुमार पौडेलको कप्तानीमा १४ सदस्य नेपाली टिम घोषणा गरिएको हो। टिममा रोहित पौडेल, कुशल भुर्तेल, बिनोद भण्डारी, गुल्सन झा, आरिफ शेख, विवेक यादव, सन्दिप जोरा, रसिद खान, करण केसी, सागर ढकाल, प्रतिश जिसी, लोकेश बम, आकाश चन्द र अविनाश बोहरा रहेका छन्। नेपाली क्रिकेट टोलीका तीन सिनियर खेलाडी दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी र आसिफ शेखलाई टिममा राखिएको छैन ।


प्रतिक्रिया दिनुहोस !