१५ बैशाख २०८१, शनिबार
 |   Sat Apr 27 2024
Logo

वर्षाले बिथोलिदियो नामिबियाको सपना, टी-२० सिरिजको फाइनलमा पुगे नेपाल र नेदरल्यान्ड्स



काठमाडौं । नामिबिया र नेदरल्यान्ड्सबीचको लिग चरणको अन्तिम खेल वर्षाले रद्द भएसँगै टी २० त्रिकोणात्मक सिरिजको फाइनलमा नेपाल र नेदरल्यान्ड्सबीच प्रतिस्पर्धा हुने भएको छ। अंक तालिकामा नेदरल्यान्ड्सले चार खेलबाट पाँच अंक जोड्दा नेपालको चार अंक छ। नामिबियाले भने तीन अंक मात्र जोड्न सफल भयो। लिग चरणमा नेपालले नेदरल्यान्ड्स र नामिबियासँगको सुरूवाती दुई खेल गुमाउँदा पछिल्ला दुई खेलमा भने सानदार पुनरागमन गर्दै जित निकालेको थियो। अब नेपाल र नेदरल्यान्ड्सबीच मंगलबार कीर्तिपुरस्थित त्रिवि मैदानमा उपाधि भिडन्त हुनेछ। आइतबार पहिले ब्याटिङ गरेको नामिबियाले १५ ओभरमा ४ विकेटको क्षतिमा ९८ रन जोड्दा खेल वर्षाले रोकिएको थियो।


प्रतिक्रिया दिनुहोस !