१५ बैशाख २०८१, शनिबार
 |   Sat Apr 27 2024
Logo

कुशल भुर्तेलको फिल्डिङको भारतीय सञ्चारमाध्यममा व्यापक चर्चा



नेपाली क्रिकेटर कुशल भुर्तेलको फिल्डिङले हजारौँ समर्थकको मन जितेको छ । कुशल भुर्तेलको फिल्डिङको चर्चा अहिले छिमेकी राष्ट्र भारतका सञ्चारमाध्यमले पनि गरिरहेका छन् ।

नेदरल्यान्ड्सका ब्याट्सम्यानलाई भिभियन किङ्गमालाई पेभेलियन फर्काउन कुशल भुर्तेलले महत्वपूर्ण योगदान गरेका थिए । उनको त्यही प्रदर्शनको अहिले विदेशी सञ्चारमाध्यममा पनि चर्चाको विषय बनेको हो । २० औँ ओभरको तेस्रो बलमा दीपेन्द्रसिंह ऐरीले फालेको फुल–टस बलमा नेदरल्यान्ड्सका ब्याट्सम्यान रोल्फ भान डर मर्वेले लङ्–अनमा बाउन्ड्री प्रहार गर्ने प्रयास गरेका थिए । भान डर मर्वेको उक्त प्रहार सजिलै छक्कामा परिणत हुने निश्चित थियो ।

तर, काउन्ड्री नजिकै फिल्डिङ गरिरहेका कुशल भुर्तेलले हावमा उफ्रिएर त्यो बललाई समाउँदै पुनः बाउन्ड्री लाइनभित्रै फालिदिएका थिए । यसक्रममा कुशल भुर्तेल आफू भने बाउन्ड्री लाइनभन्दा बाहिर पुगेका थिए ।

त्यसपछि कुशल भुर्तेलले त्यो बल विकेटकिपर आसिफ शेखतर्फ फाले । त्यतिबेला किङ्गमा दोस्रो लिन दौडिएका थिए । तर, विकेटकिपर आसिफ शेखले कुनै गल्ती नगरी किङ्मालाई रन आउट गरे । त्यतिबेला किङ्गमा चार रन बनाएर खेलिरहेका थिए । किङ्गमा आउट भएसँगै डच टोलीको पाली एक सय २० रनमा समेटिएको थियो ।


प्रतिक्रिया दिनुहोस !