१५ बैशाख २०८१, शनिबार
 |   Sat Apr 27 2024
Logo

मोरङमा १४ वर्षीया किशोरीको हत्या



मोरङ । मोरङको पथरीमा धारीलो हतियार प्रहार गरी एक किशोरीको हत्या भएको छ। सोमबार राति करिब १० बजे पथरीशनिश्चरे वडा नम्बर ७ मा धारीलो हतियार प्रहार गरी १४ वर्षीया किशोरी ज्ञानमती थुलुङ राईको हत्या भएको इलाका प्रहरी कार्यालय पथरीले जनाएको छ।

खोटाङको ऐसेलुखर्क वडा नम्बर ६ निवासी दानबहादुर राईकी छोरी ज्ञानमती फूपुको घरमा बस्दै आएकी थिइन्। अपरिचित व्यक्तिले टाउको र घाँटीमा धारीलो हतियार प्रहार गर्दा उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।

घटनाबारे अनुसन्धान सुरु गरिएको इलाका प्रहरी कार्यालय पथरीका प्रमुख डीएसपी गणेश श्रेष्ठले जानकारी दिए। ज्ञानमति ज्ञानमती पथरीस्थित पञ्चायत माविमा कक्षा ७ मा अध्ययनरत विद्यार्थी हुन्। हत्यापछि हत्यारा फरार छन्। उनको खोजी भइरहेको श्रेष्ठले बताए।

अहिले घटनास्थलमा इलाका प्रहरी कार्यालय पथरीको टोली तथा मोरङ जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक नवराज कार्की पुगेका छन्। कोशी अञ्चल प्रहरी कार्यालय धरानबाट कुकुर ल्याएर घटनास्थलको थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !