१५ बैशाख २०८१, शनिबार
 |   Sat Apr 27 2024
Logo

क्रिकेट खेलाडीलाई एक लाख तलबले पुग्दैन : उपाध्यक्ष सिंह



काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) उपाध्यक्ष रोशन सिंहले क्रिकेट खेलाडीलाई एक लाख अपुग भएको बताएका छन् । हङकङमा शनिबारदेखि सुरु हुने टी–२० सिरिजका लागि नेपाली खेलाडीको बिदाई कार्यक्रममा उपाध्यक्ष सिंहले यस्तो बनाएका हुन् । ‘बैतडी, धनगढी मधेश प्रदेशबाट या कोशी प्रदेशबाट, विभिन्न ठाउँबाट आफ्नो मिहेनत र टिममा पर्नका लागि सबैजना काठमाडौं बस्नुहुन्छ । तर, मलाई थाहा छ त्यो एक लाख उनीहरुलाई चल्न गाह्रो छ’, उनले भने ।

उपाध्यक्ष सिंहले खेलाडीलाई फ्लाटको व्यवस्थापन गर्न आग्रह समेत गरे । ‘म आज सदस्य सचिव ज्यूलाई के आग्रह गर्न चाहन्छु । आज सबै खेलाडीहरु बारमा बसिराखेका छन् । अन्य देशमा विश्वकप छनोट हुँदाखेरि सरकारले हेर्ने नजर फरक तरिकाले हुन्’, उनले भने, ‘म सदस्य सचिवज्यूलाई आग्रह गर्छु । विश्वकप छनोट भइसकेका यी २० खेलाडीलाई कमसेकम सरकारलाई घचघचाएर एक एक वटा फ्लाटको व्यवस्थापन गर्नुहुन आग्रह पनि गर्न चाहन्छु ।’


प्रतिक्रिया दिनुहोस !