१५ बैशाख २०८१, शनिबार
 |   Sat Apr 27 2024
Logo

बाबरको विष्फोटक ब्याटिङ : नेपाललाई २१३ रनको लक्ष्य, आकाशको डेब्युमै ३ विकेट



काठमाडौं । हङकङमा जारी मैत्रीपूर्ण खेलमा नेपालले २ सय १३ रनको विशाल लक्ष्य पाएको छ। टस जितेर पहिले ब्याटिङ गरेको हङकङले ५ विकेटको क्षतिमा २ सय १२ रन जोड्यो। हङकङका लागि बाबर हायतले एक्लै १ सय १० रन जोडे । उनले आफ्नो विष्फोटक पारीमा १३ छक्का र तीन चौका ठोके । नेपालका फास्ट बलर आकाश चन्दले डेब्यु खेलमै तीन विकेट लगे । उनले तीन ओभरमा २७ रन खर्चिए । त्यस्तै प्रतिश जीसीले पनि चार ओभरमा २९ रन मात्रै दिएर एक विकेट लिए ।


प्रतिक्रिया दिनुहोस !