१५ बैशाख २०८१, शनिबार
 |   Sat Apr 27 2024
Logo

आयरल्याण्ड वोल्भ्समाथि नेपाल ६ विकेटले विजयी, कुशल र जोरा चम्किए



काठमाडौं । नेपालले आयरल्याण्ड वोल्भ्सलाई पराजित गरेको छ । आयरल्याण्ड वोल्भ्सले दिएको १२२ रनको लक्ष्य पछाएको नेपालले १६.१ ओभरमा ४ विकेट गुमाउँदै लक्ष्य पुरा गर्यो । नेपालको जितमा सन्दीप जोराले ३६ रन, कुशल भुर्तेलले अविजित ३७ रन र आसिफ सेखले १६ रन बनाए । त्यस्तै दीपेन्द्र सिंह ऐरीले अविजित २०, कप्तान रोहित पौडेलले शुन्य र गुलशन झाले ४ रन बनाए । आयरल्याण्डका ग्यारेथ डेलानीले २ विकेट लिएका थिए, भने बेन ह्वाइट र थोमस मायेसले एक/एक विकेट लिएका थिए । आयरल्याण्ड वोल्भ्सका लागि स्टेफेन डोहेनीले सर्वाधिक ४६ रन बनाएका थिए भने थोमस मायेज र लियाम म्याकार्थीले १६/१६ रन बनाएका थिए । त्यसैगरी नेपाली बलर ललित राजवंशी, गुलशन झा र कुशल भुर्तेलले २/२ विकेट लिए भने करण केसी र कुशल मल्लले एक एक विकेट लिए ।


प्रतिक्रिया दिनुहोस !