१५ बैशाख २०८१, शनिबार
 |   Sat Apr 27 2024
Logo

ब्रेकअफ भएका सापकोटासँगै वैशाखमा बिहे गर्दै एलिना चौहान



काठमाडौं । दुई महिना अगाडि मात्रै धोका खाएकी गायिका एलिना चौहानले विष्णु सापकोटासँग बिबाह गर्ने तयारी थालेकी छन् । गायिका चौहानले केही महिना अगाडी बिष्णुबाट ‘धोका खाएको’ समाचार सार्वजनिक भएको थियो । एलिनाले फेसबुकमा लामो स्टाटस लेखेर बिष्णुबाट धाका खाएको स्वीकार गरेकी थिईन् ।

‘उनले सामाजिक संजालमा लेखेकि थिईन्, म मान्छु कि म सार्वजनिक व्यक्तित्व भित्र पर्छु, तर पनि मेरो व्यक्तिगत जीवन छ र त्यसलाई गोप्य राख्न चाहने वा कति सार्वजनिक गर्ने भन्ने अधिकार मसँग मात्र छ । थाहा छ, धेरैले मेरो धेरैभन्दा धेरै कुराहरू थाहा पाउन चाहनुहुन्छ। तर यो भन्दैमा सञ्चारकर्मीहरूले मेरो इच्छाबिना अथवा सही समयको पर्खाइबिना यसरी मेरो बारेमा समाचारको तातो विषय बनाएर मलाई मानसिक रूपमा पीडा दिनु भएन ।

स्रोतका अनुसार समाचार बाहिरिएको केही समयपछि विष्णु विक्षिप्त बनेर नेपाल आएका थिए । समाचारले आफ्नो प्रतिष्ठा बरबाद बनाएको भन्दै आक्रोशित पनि बनेका थिए । पोखरा र स्याङ्जातिर एकजना साझा साथीको विवाहमा एलिना र विष्णुको भेट भयो । उक्त भेटमा विष्णुले एलिनालाई फेरि फकाउन सफल भएको स्रोत बताउँछ । कपाल, दारी खौरेर आएका विष्णुले आफूबाट गल्ती भएको भन्दै क्षमायाचना गरेपछि एलिना पग्लिएकी हुन् । त्यसपछि उनीहरू फेरि अफेयरमा डुबेका छन् । चाँडै विवाह गर्ने सहमतिसमेत भइसकेको छ ।

एलिना र विष्णुले आफूहरूको प्याचअपको समाचार भने गोप्य राख्न सफल भएका थिए । तर, अहिले एलिनाले नै आफूहरूले विवाह गर्न लागेको सञ्चारमाध्यमहरूलाई बताएकी छन् । उनले वैशाख ५ मा विवाह गर्ने भन्दै एउटा बुटिकमा लत्ताकपडाको अर्डर समेत दिइसकेको बुझिएको छ । बिष्णुको बुवाआमा एलिनाको घरमा गएर बिहेको टुंगो गरेको पनि स्रोतले बताएको छ ।


प्रतिक्रिया दिनुहोस !