१५ बैशाख २०८१, शनिबार
 |   Sat Apr 27 2024
Logo

दुर्गा प्रसाईंको अत्याधुनिक हतियारमाथि छानबिन गर्न सर्वोच्चको आदेश



काठमाडौं । सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईं र उनका बडीगार्डले राख्न नमिल्ने हतियार राखेको भन्दै छानबिन गर्न आदेश दिएको छ । मंगलबार न्यायाधीशद्वय नहकुल सुवेदी र सुनिलकुमार पोखरेलको इजलासले प्रसाईंका बडिगार्ड रामकुमार धिमालको साथबाट बरामद हतियार स्वचालित भएकाले लाइसेन्स लिएर पनि व्यक्तिले बोक्न नमिल्ने भन्दै छानबिन गर्न गृह मन्त्रालयलाई आदेश दिएको हो । ५ चैतमा सर्वोच्च अदालत परिसरबाट दुर्गा प्रसाईंका बडिगार्ड राजकुमार धिमाल हतियार सहित पक्राउ परेका थिए ।

सर्वोच्चले मुलुकी फौजदारी अपराध संहिता २०७४ को दफा १३१ को उपदफा (१) मा खास किसिमका हतियार प्राप्त गर्न नहुने शीर्षक अन्तर्गत देहाय (घ) मा जुनसुकै प्रकारको राइफल तथा त्यसको खरखजाना समावेश गरी त्यस्ता हतियार राख्ने इजाजत प्राप्त गर्न नसकिने गरी नकारात्मक सूची राखेको उल्लेख गरेको छ । यस्ता हतियार सुरक्षा निकायका अधिकारीबाहेक सर्वसाधारण नागरिकले राख्न नपाउने सर्वोच्चले बताएको छ ।


प्रतिक्रिया दिनुहोस !