१८ बैशाख २०८१, मंगलवार
 |   Tue Apr 30 2024
Logo

मुख्यमन्त्रीमा दाबी पेस गर्दै सोडारी, एमाले समर्थन गर्न तयार



नेकपा एमाले समर्थन गर्न तयार भएपछि नेकपा एकिकृत समाजवादीका संसदीय दलका नेता दीर्घबहादुर सोडारीले सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा दाबी पेस गर्न लागेका छन्। 

एमाले अध्यक्ष केपी शर्मा ओलीले सुदूपश्चिम प्रदेश संसदीय दलका राजेन्द्र रावललाई फाेन गरेर निर्देशन दिएपछि एमाले एकीकृत समाजवादीका नेता साेडारीलाई समर्थन गर्न तयार भएकाे हाे।

एमालेले नेता सोडारीकाे नाममा आपत्ति जनाउँदै उनकाे विकल्प खाेज्न एकीकृत समाजवादीलाई आग्रह गरेकाे थियाे।अन्त्यमा एमाले साेडारीलाई समर्थन गर्न तयार भएपछि सुदूरपश्चिमकाे पछिल्लाे गतिराेध टरुेकाे छ।

नेता साेडारीलाई एमालेसहित माओवादी, नागरिक उन्मुक्तिलगायत स्वतन्त्र सांसदकाे समर्थनमा साेडारीले मुख्यमन्त्री पदमा दाबी पेस गर्दै छन्। दाबी पेस गर्न आज साँझ ५ बजेसम्मकाे म्याद छ। 


प्रतिक्रिया दिनुहोस !