१८ बैशाख २०८१, मंगलवार
 |   Tue Apr 30 2024
Logo

पाँच सचिवहरुको सरुवा



काठमाडौं । सरकारले गृहलगायत पाँच सचिवको सरुवा गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश नम्बर १ का प्रमुख सचिव बिनोदप्रकाश सिंहलाई गृह सचिवमा नियुक्त गर्ने निर्णय गरेको छ ।

सिंहको गृह प्रवेशसँगै हालका गृह सचिव टेकनारायण पाण्डेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा भएको छ । बैठकले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव तोयम रायलाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको सचिवमा सरुवा गरेको छ भने त्यहाँका गणेश पाण्डेलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको अतिरिक्तमा तानिएको छ । अख्तियारमा प्रधानमन्त्री कार्यालयका सचिव रामप्रसाद घिमिरेलाई पठाइएको छ ।


प्रतिक्रिया दिनुहोस !